इडन ब्रीज एकेडेमीको विशेषता: उच्च सस्कार एबम सीप सहितको शिक्षा

एन्टिना घनश्याम
काठमाडौ / काठमाडौको टोखा न. पा ४ धापासीमा बि. सं. २०६१ सालमा स्थापित इडन ब्रीज एकेडेमी हाइ स्कुलले हरेक वर्षको एस. इ. इ.परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै हजारौं अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ। पिजि देखि कक्षा १०सम्मका विद्यार्थीहरुले पठनपाठन गर्ने यो बिधालयले विद्यार्थीहरूलाई किताबी ज्ञानको अलवा प्रयोगात्मक,सिपमुलक एवम् संस्कारयुक्त सिकाइलाई विशेष प्राथमिकतामा राखेको बिधालयका प्रधानाध्यापक प्रेम राई परीक्षितले जानकारी दिनुभयो।मूख्य विषय बाहेक सिपमूलक कक्षाहरू नृत्य गायन वाद्यबादन( गिटार, मादल, हारमोनियम, बाँसुरी , भ्वाइलिन, किबोर्ड),स्काउट, क्यालिग्राफी, योगा , एबाकस, चाईनिज भाषा,अभिनय, भाषण कला, खेलकुद( फुटबल, बास्केटबल, तेक्वान्दो) NCC जुनियर क्याडेट तालिम लगायत धेरै इसिए र सिसिए कार्यक्रमलाई विद्यालयमा समावेश गरी फरक रुचि , क्षमता र प्रतिभा भएका विद्यार्थीहरूलाई अवसर प्रदान गरिरहेको कुरा स्कुल प्रशासनको भनाइ थियो। हरेक विषय र विधामा अनुभवी र दक्ष शिक्षक शिक्षिकाहरूको सिकाइका कारण अनि पारिवारिक वातावरणको अनुभुतीले पनि आफ्ना बच्चाहरुका शिक्षाका लागि यो स्कुलमा छनौट गरिएको र यहाँको शिक्षण सिकाई र विद्यालयले विद्यार्थी र अभिभावकहरूलाई प्रदान गरेको सुबिधाप्रती अत्यन्त सन्तुष्ट रहेको स्थानिय अभिभावकहरुले बताए। विद्यालयमा बिज्ञान एवम् कम्प्युटर प्रयोगशाला,व्यवस्तित पुस्तकालय र खेलमैदान,कार्यक्रम हलको सुबिधा रहेको र स्थलगत अवलोकन विधिद्वारा अध्यापन गर्नु विद्यार्थीको मनोबिज्ञान अनुसार पठनपाठन गर्नु स्कुलको फरक विशेषता रहेको प्रधानाध्यापक राईले जानकारी दिनुभयो।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE