शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सहकारी पीडितको पैसा ब्याजसहित फिर्ता नगरेसम्म विश्राम नलिने गृहमन्त्री लामिछानेको उद्घोष

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पोखरास्थित सूर्यदर्शन र अन्य सहकारी पीडित बचतकर्ताहरुको पैसा व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उद्घोष गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी पीडितहरुलाई न्याय दिलाएरै छाड्ने उद्घोष गरेका हुन् ।

साथै, उनले नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नहरुको जवाफ दिन आफू तयार रहेको बताए । गृहमन्त्री लामिछानेले सहकारीमा अवैध रुपमा रकम राख्नेहरुको समेत हिसाब किताब गर्ने बताएका छन् । ‘सहकारीमा बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजीनितिबाट विश्राम लिन्नँ’ उनले भने ।

सहकारी ठगेर जो जहाँ लुकेको भएपनि खोजेर कारबाहीको दायरामा ल्याइने उनले बताए । लामिछानेले आकाशमा पातालमा जो जहाँ भएपनि सहकारी ठगी गरेर फरार भएकाहरुलाई राज्यले खोजेर ल्याउने र सबै बचतकर्ताको रकम फिर्ता गर्ने विश्वास दिलाए ।

साथै, उनले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुट्नुलाई अतिरञ्जित नगर्न आग्रह गरे । महरा अस्वस्थ रहेकोतर्फ लक्षित गर्दै उनले राज्यसँग करुणा भएन भने पनि न्याय मर्ने बताए । Source reportsnepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x