शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

टि-२० शृङ्खलाः आज नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा हुँदै

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । आजको खेल बिहान ११ः३० बजे शुरु हुने छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।

नेदरल्याण्डस अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । शृङ्खलाको शुरुका दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो ।

दुई खेल जितेको नेदरल्याण्डस अन्तिम खेलमा नामिबियासंगको खेल बर्षाले रद्द भएर एक(एक अङ्क बाँडेपछि शीर्षस्थानमा उक्लियो र नामि‍बिया पुछारमा रहँदै बाहिरियो । आज हुने फाइनल प्रतिस्पर्धाबाट टि-२० शृङ्खलाको विजेता छानिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x