शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मोडेल जिशुको अभिनय रहेको ` सल्लेरी पाखाहरू ´सार्वजनिक

  • 216
  •  
  •  
  •  
  •  
  •  
  •  
    216
    Shares

शनिबार १२ फागुन २०८०

काठमाडौ / पछिल्लो समयमा चर्चा कमाइरहेकी मोडेल तथा कलाकार हुन , जिशु कोइराला । उनले अभिनय गरेका दर्जनौं म्युजिक भिडियो दर्शक , श्रोताले मन पराएका छ्न । जिशुलाइ अभिनयप्रति बेग्लै लगाव रहेको छ ।
मोडल जीशु कोइराला र मोडल दिक्पाल कार्कीले अभिनय गरेको म्युजिक भिडियो `सल्लेरी पाखाहरू ´भर्खरै सार्वजनिक भएको छ । गायक सुरेन गौतमको गीत सल्लेरी पाखाहरूको म्युजिक भिडियोमा जीशुले तारिफ गर्न लायक अभिनय गरेकी छिन् । रातो र निलो आटफिट लगाएकी उनी निकै सुन्दर देखिएकी छिन् । उनी आफ्नो भुमिकामा पनि पर्फेट देखिएकी छिन ।
क्यानडामा हुर्केकी जीशु कोइराला चितवनको भरतपुरस्थित मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन । मोडलिङ र अभिनयलाई पनि एक साथ अगाडि बढाइरहेकी उनी काठमाडौंमा सुटिङको सिलसिलामा आइरहेकि हुन्छिन । जिशु कलाकारितालाइ आफ्नो जीवनको रंगको रूपमा लिन्छिन ।
कलाकार जिशु भन्छिन ` हामीले युवा पुस्तालाई फोकस गरेर म्युजिक भिडियो बनाएका हौ । भिडियोमा कन्सेप फरक गरेका छौं । धेरैले मैले लगाएको ट्रेसलाइ तारिफ पनि गरेका छ्न । मलाई सल्लेरी पाखारूको म्युजिक भिडियो एकदम मन परेको छ । म यो म्युजिक भिडियोमा काम गर्न पाउँदा खुसी छु ।´

यस म्युजिकको निर्देशन पिटर गुरुङ गरेका हुन । दिपेन खडकाले खिचेको सल्लेरी पाखाहरूको सम्पादन बिष्णुहरी तिमल्सिनाले गरेका हुन , म्युजिक एरेन्ज बिशाल पौडेलले गरेका हुन । सुरेन गौतमको शब्द र संगीत रहेको म्युजिक भिडियो सुरेन गौतम म्युजिक नामक युटुव मार्फत सार्वजनिक भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x