शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कांग्रेस महासमिति बैठक आज सकिँदै

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

बिहीबार १० फागुन २०८०

काठमाडौं / नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ।

गत सोमवारदेखि सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथि बुधबार समूहगत छलफल सकिएपछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन्।

गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए। उनका अनुसार हिजोको समूहगत छलफल पछि तीन ठाउँवाट सुझाव संकलन गरिएको थियो।

जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन्। सो सुझावको आज सभापति देउवा, उपसभापति पूर्णबहादुर खडका र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो। जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि बिभिन्न समुह बनाइ छलफल गरिएको थियो।

बैठकमा हिन्दू धर्मको विषयमा समेत महासमिति बैठकमा छलफल भएको थियो। बन्दसत्रमा बोेल्ने अधिकांश महासमिति सदस्यहरू ‘हिन्दू राष्ट्र’ सम्बन्धमा भने विभाजित भएका छन्।

विशेष गरेर आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले ‘हिन्दू राज्यको कुरा गरेर मुलुक टुक्र्याउन खोजेको हो’ भन्दै आपत्ति जनाए।

संविधान र परिवर्तन उल्ट्याउने कुचेष्टामा सांसदसमेत रहेका केन्द्रीय सदस्य नै लाग्नु दुःखद भएको भन्दै उनीहरूले आलोचना गरेका थिए। कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूले १६ बुँदामा साझा धारणा राखेका छन्।

जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको हकमा स्वतः महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुने व्यवस्था परिवर्तन गरी क्षेत्रीय प्रतिनिधि मात्र कायम गर्नुपर्ने, पार्टीको आन्तरिक निर्वाचनमा जुनसुकै तहमा भाग लिँदा क्रियाशील सदस्यता लिइएको समय, सीमा निर्धारण गरेको विधानको धारा निलम्बन गरिएमा सो धारा कार्यान्वयन गर्नुपर्ने साथै अब उप्रान्त निलम्बन गर्न नपाइने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

वडादेखि केन्द्र तहको निर्वाचनमा एक महिला उपसभापति, एक महिला सचिव, एक महिला सहसचिव पदहरू थप गर्नुपर्ने र एक उपसभापति, एक महामन्त्री-सचिव, एक सहमहामन्त्री-सहसचिव र एक कोषाध्यक्ष सभापतिले मनोनीत गरी सम्बन्धित कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने उनीहरूको माग छ। सबै तहका सभापतिलाई ५० प्रतिशत सदस्य मनोनीत गर्ने अधिकार हुनुपर्ने उनीहरूले उल्लेख गरेका छन्।

पार्टीबाट हुने राजनीतिक नियुक्ति वा लाभको पद समानुपातिक प्रतिनिधित्वको अवसर एक पद एक तह, एकपटक मात्र प्राप्त हुनुपर्ने साझा धारणामा समेटिएको छ। पार्टीका तर्फबाट सिफारिस भई राष्ट्रपति तथा उपराष्ट्रपतिको पदमा दुई पूर्ण कार्यकाल मात्र बहाल हुन पाउने धारणामा समावेश छ।

बैठकमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णुकुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापा सभापति देउकुमार थेवे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु सभापति नामगेल जाम्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्बर खड्का, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्बाहाङका तर्फबाट संयुक्त धारणा राखिएको थियाे।

बैठकमा हरेक सदस्यलाई ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो। जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ। स्रोत : डिसिनेपाल

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x