शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नामिबियासँग नेपाल ४ विकेटले पराजित

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

बिहिवार ३फागुन २०८०

काठमाडौ / आईसीसी पुरुष विश्वकप लिग-२ को पहिलो खेलमै नामिबियासङ्ग नेपाल पराजित भएको छ।

घरेलु मैदानमा बिहीबार भएको खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको हो। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमै ६ विकेट गुमाएर पूरा गरेको छ।

नामिबियाका लागि जन फ्रिलिंकले ३४, जन निकोलले ३१, मिचेल भान लिंगेनले २३, निकोलस ड्याविनले १५, जेजे स्मितले १७, गेहार्ड इरसमसले आठ र जेन ग्रिनले दुई रन बनाए।

नेपालका लागि सोमपाल कामीले तीन, ललित राजवंशीले दुई र रोहित पौडेलले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नामिबियाका लागि गेहार्ड इरसमसले पाँच विकेट लिए। उनले ८.१ ‌ओभरमा २८ रन मात्रै खर्चिए। त्यस्तै, रुबेन टुम्पेलमन र ज्याक ब्रासेलले दुई-दुई तथा जन निकोलले एक विकेट लिए।

काठमाडौंमा शुरू भएको प्रतियोगितामा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गर्नेछन्। समग्र लिग-२ मा क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका पनि छन्।

प्रतियोगिताको दोस्रो खेल शनिबार नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x