शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

एसीसी महिला प्रिमियर कप: कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares

हिमालखबर३ घण्टा अगाडि
काठमाडौ / कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेशियामा जारी प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वार्टरफाइनल खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरेको हो। पानी परेपछि डीएल पद्धतिका आधारमा नेपाल विजयी भएको हो।

कुवेतले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरको खेल हुँदा नेपालले दुई विकेटको क्षतिमा ५० रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले २२, सीता राना मगरले १७, कविता जोशीले चार र कविता कुँवरले एक रन बनाए।

कुवेतका लागि मार्यम ओमारले एक विकेट लिइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेतले नौ विकेटको क्षतिमा ७३ रन बनाएको थियो। कुवेतका लागि प्रियदा मुरलीले २९, शान्ति बालासुव्रमन्यम र कादिजा खालिलले १३-१३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि सीता राना मगरले तीन, कविता कुँवर र रुविना क्षेत्रले दुई-दुई विकेट लिएका थिए।
source himalkhabar

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x