शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

त्रिवि उपकुलपतिको सर्ट लिस्टमा परेका १४ जना (सुचि सहित)

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं / त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेको छ। उपकुलपतिको लागि खुलाएको विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए । उपकुलपति छनोट कार्यविधिमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको नाम मात्रै समावेश गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन्।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको
 कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि 
गत कात्तिक २४ गते प्रधानमन्त्री एवं 
विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल
 ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
 अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश 
अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका
 प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गठन
 गरेका थिए । हाल शिक्षाध्यक्ष शिवलाल 
भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी
 दिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x