काठमाडौ / सरकारलाई आत्मघाती निर्णय तत्काल सच्चाउन नेपाली जनता दलले ध्यानाकर्षण गराएको छ ।

सरकारले भर्खरै भारत सङ्ग गरेको सम्झौता सम्पुर्ण नेपालीको हित बिपरित रहेको भन्दै तत्काल यो निर्णय सच्चाउन नेपाली जनता दलले सरकारको ध्यानाकर्षण  गरेको हो। दलले एक प्रेस बिज्ञापति  जारी गर्दै भारतले एकलौटी तरिकाले नेपालमा २० करोडसम्म लगानी गर्नु भनेको राष्ट्र हित बिपरित रहेको जनाएको छ।दलका अध्यक्ष हरिचरण साहद्वारा हस्ताक्षरित बिज्ञाप्तिमा भनिएको छ ” नेपाल सार्बभौमसत्ता मुलुक रहेको भन्दै यो सरकारले अन्दाधुन्दा नेपालीहरुबिच आत्मघात हुने गरि गरिएको निर्णय तत्काल सच्चाउन सरकारको ध्यानाकर्षण गरिएको जनाइएको छ।