शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रेमको फूलबारी बनाउ एउटा – रबिन्द्र चौलागाईं

  • 192
  •  
  •  
  •  
  •  
  •  
  •  
    192
    Shares

प्रेमको फूलबारी बनाउ एउटा

जवर्जस्ती यौन कार्यलाई
हामी राख्न सक्छौ बलात्कारको परिभाषाभित्र
तर
बलात्कार यहाँ भावनाको पनि हुन्छ
कलिला मनहरुलाइ पनि
बलात्कारका घाउ दुखिरहन्छ

यहाँ बलात्कारको परिभाषा
बुझ्न कठिन छ
कलिली १३ बर्षे नाबालिक निर्मला पन्त
बलात्कारपछि मारिएर
जब भेटिइन उखु बारीमा
कसरी दिनु यस्तो बेला
बलात्कारको परिभाषा
बलात्कारको समाजशास्त्रको प्रवचन

कानूनका दफामा नभएको बलात्कारको परिभाषा
दिन मन्जुर छैन समाज यो
भागिरथी भट्ट जस्ता कयौंलाई जब चिन्दैन कुनै कानुनले
कसरी बुझ्नु बलात्कारको परिभाषा

उहिले
दरबार सल्बलाएको बेला
हराएका थिए कयौं भागिरथीहरू
न्याय हराएको थियो
अहिले
गणतन्त्रमा पनि
निर्मला र भागिरथी जस्ता कयौं बालिकाहरुका
पनि हराएकै छ न्याय
यहाँ दुधे बालिकादेखि
७० बर्षे वृद्ध महिला पनि
दिनानुदिन बलात्कारको शिकारमा परिरहेकै छन

यहाँ टाठोबाठो कहलिनेदेखि
मानसिक सन्तुलन गुमेका पनि छोड्दैनन
पिडितलाई झन नुन छर्किन्छ यहाँ
पिडक छाती फुलाएर हिडिरहन्छ यहाँ
पीडितले न्याय पाउदैन

कुनै कानूनले देख्दैन
न्याय र अन्याय
कुनै न्यायलयहरुले न्याय सुनाउदैन न्यायको परिभासा
वकिल , न्यायाधीश , कानुनका ज्ञाता बोल्दैनन
मानव अधिकारीहरुले हेर्दैनन
पुलिस प्रशासन मौन रहन्छन

ठिक विपरीत
मन मिलेका कुनै जोडि होटेलमा भेटिनु
उमेर पुगेका कुनै केटाकेटी पार्कमा भेटिनु
यहाँ पुलिस प्रशासन , कानुन , न्यायलयको निम्ति
गैरकानुनी हुनु हो

कसैलाई फसाउन परे
नक्कली बलात्कार पनि हुन्छ यहाँ
र जेलमा कोचिन्छ्न कयौं निर्दोष पनि

कसैलाई चमत्कार परिभाषा थाहा छ
कसैलाई जबर्जस्तीको
यो कस्तो चलन आयो
मन मिले सब थोक सुम्पिनेहरु पनि
मन नमिल्दा अर्कै भएका छ्न

सरकार
यी सबै कु सत्कार रोक्ने एउटा गुरुयोजना बन्नुपर्छ
ठुला ठुला सहरहरुमा रेड लाइट एरिया तोक्नुपर्छ
लाईसेन्स वितरण गरि
भोकाएका ब्वासांहरुलाई जान निर्धक्क दिनुपर्छ

बलात्कारलाई रोक्न हामीले
प्रेमका बगैंचामा सुन्दर फूल फुलाउनपर्छ
प्रेम हुनुपर्छ सबै कुराको औसधि

अनि पो
बलात्कार शून्य समाज हुनेछ
बलात्कारीहरु जेल हुनेछ्न
बलात्कार मुक्त समाज हुँदा
बलात्कार मुक्त मेरो देश हुनेछ

WRITE COMMENTS FOR THIS ARTICLE

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x