शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आजपाका उपाध्यक्ष तिलक थापा मगरसहित ७ जना नेता तथा कार्यकर्ता पक्राउ

  • 207
  •  
  •  
  •  
  •  
  •  
  •  
    207
    Shares

 

 बुधबार १८ पुष २०८०,

काठमाडौं /आम जनता पार्टीका उपाध्यक्ष तथा पूर्व सभासद तिलक थापा मगरसहितका ७ जना नेतालाई पक्राउ गरेका छन ।

बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभाग पुगेका आजपाका उपाध्यक्ष तथा पूर्व सभासद तिलक थापा मगरसहितका ७ नेता पक्राउ परेका हुन् ।भन्सार नियमावली सच्याउन माग गर्दै गर्दा भन्सार बिभाग घेराउ गर्न पुगेका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कालिमाटी वृतमा लगिएको आजपाले जनाएको छ ।
भन्सार नियमावलीमा रहेको ४५℅ कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै भन्सार बिभाग घेराउ गरिरहेको आम सम्पर्क मञ्चका नेता कार्यकर्तालाई प्रहरीले गिरफ़्तार गरेको आजपाले जनाएको छ । आन्दोलनकारीमाथि प्रहरीले लठ्ठिचार्ज गर्दा आजपा नेतृ रञ्जु साह सख्त घाइते भएकी छन् ।
प्रदर्शनका क्रममा रञ्जु र तिलकसहित आर्य पाण्डे, रुपेश दास, कनक सिंह, राजकर विक्रम र पासाङख तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x