शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

भन्सार छलिगर्दै भित्र्याएको मोबाइल बरामद

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

बुधबार १८ पुष २०८०

रौतहट / भन्सार छलेर  नेपाल ल्याउँदै गरेको मोबाइल सेट प्रहरीले  रौतहटबाट बरामद गरेको छ। प्रहरीले बसबाट विभिन्न कम्पनीका ३ सय ८७ थान मोबाइल  सेट बरामद गरेको हो।

पुस १५ गते  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले  चन्द्रपुर नगरपालिका-५ तल्लोबजार स्थित चपुर गौर सडक खण्डमा चेक प्वाईन्ट राखेर सवारी साधन चेकजाच गर्ने क्रममा  गौरतर्फबाट  चन्द्रनिगाहपुरतर्फ आएको यात्रुबाहक बसको डिक्कीमा रहेको ३ ओटा बोरामा रहेको कार्टुनबाट विभिन्न कम्पनीहरुको मोबाइल सेटहरु बरामद गरेको छ।

मोबाईल सेट भएको बोराको बारेमा  बसमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा बेवारिसे पाइएपछि  उक्त मोबाइलहरु अवैध रुपमा भन्सार छली  ल्याएको हुन सक्ने भएकोले स्थानीयको रहोवरमा राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।

बरामद मोबाइलको मुल्य ८ लाख १८ हजार ९०६ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। बरामद गरिएबा  मोबाइल  कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको  जिल्ला प्रहरी कार्यालय रौतहटले  जनाएको छ। अन्नपूर्णपोष्टबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x