शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

लामिछानेद्वारा कान्तिपुरविरूद्ध गाली बेइज्जती मुद्दा दायर

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares
मंगलबार १७ पुस २०८०

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेको छ ।

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ । उक्त विवादको आगामी माघ १७ गते सुुनुवाइ ताेकिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिनुभयो ।

अध्यक्ष लामिछानेले फिरादपत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्‍याउने मनसायले जानीबुझी चरित्र हत्या गर्ने गरी समाचा प्रकाशित गरेको उल्लेख गर्नुभएको छ ।

उत्तः समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानिनोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार सांङेकेतिकरुपमा एक सय ५१ क्षतिपूर्ति दिलाउन माग गरिएको छ । जनतासमाचारबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x