शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

क्रिकेटर लामिछाने दोषी ठहर

  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

शुक्रबार १३ पुस २०८०
काठमाडौ / क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले बलात्कारको मुद्दामा दोषी रहेको फैसला सुनाएको छ।

एक सातादेखि चलिरहेको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो।

उनलाई कति सजाय गर्ने भन्ने तय गर्न पुष २५ गते पेशी तोकिएको छ।

२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै पीडित गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक गएका थिए। जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए।

इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए। उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।

सर्वोच्च अदालतले यो मुद्दा चाँडो छिन्न आदेश दिएको थियो। तर मुद्दा टुंगिन एक वर्षभन्दा बढी समय लाग्यो। यो मुद्दामा ३७औं पेशीमा फैसला आएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x