शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेकपा रसुवाले राज्य षड्यन्त्रको भण्डाफोर गर्न चलायो २ महिने अभियान 

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

बिहीबार १२पुस २०८०

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी रसुवाले दुई महिने अभियान  सुरुवात गरेको छ । “संगठनलाई सुदृढ र विस्तार गरौँ , राज्य षड्यन्त्रको भण्डाफोर गरौं “भन्ने मूल नाराका साथ २ महीने अभियानको थालनी गरिएको हो ।

जिल्ला सेक्रेटरी होम सीको अध्यक्षतामा नौ कुण्ड गाउँपालिका पार्टी अध्यक्ष कुमार सीको संचालन र केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज जनक सी सागरको प्रमुख अतिथिमा संचालन सुरुवात भएको छ । कार्यक्रमको सुरुवातमा शैक्षिक सामाग्री बितरण तथा बामपंथी बुद्धिजीवी शिक्षकसंग भेटघाट कार्यक्रम सपन्न भएको छ ।
रसुवा जिल्ला नौकुण्ड गाउँपालिका पार्च्याङ आसपासबाट अभियान सुरुवाती भेटघाट भएको सक्रेटरी होम सीले जानकारी दिए ।
अभियानको दोस्रो दिन नौकुण्ड गाउँपालिकाको कार्यलय पार्च्याङमा नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले उपाध्यक्ष चन्द्र तामाङको उपस्तिथिमा शैक्षिक सामाग्री वितरण भएको हो ।
सक्रेटरी होम सी अनुसार दुई महिने अभियानमा रसुवा जिल्लामा रहेका राजनीति सामाजिक आर्थिक समस्यालाई पहिचान गर्दै जनताको गुनासोलाई सम्बोधन गर्दै पार्टी अगाडि बढनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x