शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

२४ केजी अवैध गाँजासहित पाँच जना पक्राउ 

फाइल तस्वीर
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

सोमबार २ पुस २०८०

काठमाडौं / अवैध लागूऔषध गाँजा करिब २४ किलो ६ सय ३० ग्रामसहित ललितपुरबाट ३ जना, उदयपुर र म्याग्दीबाट १/१ जना गरी जम्मा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ५२ वर्षीय विरेन्द्र श्रेष्ठ, ४७ वर्षीय विरेन्द्र श्रेष्ठ र ५४ वर्षीय सुरेश श्रेष्ठ पक्राउ परेका छन् । प्रहरी प्रभाग लुभु र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई करिब ११ किलो १ सय १ सय ८० ग्राम गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो ।

उदयपुरबाट पक्राउ पर्नेमा बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय रबिन राई छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई करिब १३ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको हो । म्याग्दीबाट पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका-३ मौवाफाट बस्ने ४६ वर्षीय गोपाल दर्जी छन् । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ४ सय ५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका-३ काभ्रेबाट आइतबार बिहान पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।(अन्नपूर्णपोष्टबाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x