शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

अबैध रुपमा लगाएको गाँजा खेती पर्सा प्रहरी द्वारा फडानी तथा नष्ट

पवन प्रसाद साह
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

आइतबार २२ पुस २०८०

वीरगञ्ज / अबैध रुपमा लगाएको गाँजा खेती पर्सा प्रहरी ले फडानी तथा नष्ट गरेको छ।सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा ठोरी गाउँपालिका वडा नं.५ स्थित ठोरी तथा सुवर्णपुमा अबैध रुपमा लगाएको गाँजा खेती फडानी तथा नष्ट गरको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको L.R.P. चेकिङ टोली तथा मातहत ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको अं.३० जनाको संयुक्त प्रहरी टोलीले ठोरी तथा सुवर्णपुमा अवैधरूपमा लगाइएको २ कठ्ठामा ७००( सात सय )गाँजाको बोट फडानी तथा नष्ट गरेको छ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x