शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सीता कडेलका तीन मुक्तक

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

मुक्तक १
एकछिन ठिकै हुन्छु उतिखेरै चित्त दुख्छ
चर्को आवाज सुन्दा पनि मेरै चित्त दुख्छ
लाग्छ धेरै नै कमजोर भएछु आजभोलि
सानो सानो कुरामा पनि,धेरै चित्त दुख्छ

मुक्तक २
कि अभाव अनि दु:ख कष्टहरु छेकिएको होस
नत्र समाधान गर्ने उपायहरु नै देखिएको होस
आशा अनि विश्वास राखेकी छु भगवान् अब
पल्टिन लागेको पानामा खुसि लेखिएको होस

मुक्तक ३
सपनाहरु पनि दिन प्रतिदिन माँस्दै छु
चुनौतीहरुसँग पनि सम्बन्ध गाँस्दैछु
खुसिले कहाँ चलेको छ र मेरो जिन्दगी
पिडामा भएपनि उधारो हाँसो हाँस्दैछु
सीता कडेल कैलाली

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x