बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

श्रमिकको उजुरी एक घण्टाभित्र सम्बोधन गर्न विभागको निर्देशन

Spread the love

बुधबार ६ साउन २०८३
काठमाडौं / श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।
विभागले श्रम तथा रोजगार कार्यालयहरू तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै सेवाग्राहीका गुनासोप्रति तत्काल प्रतिक्रिया जनाउन र प्राप्त उजुरीको जानकारी सम्बन्धित व्यक्तिलाई एक घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
विगतमा ‘हेल्लो सरकार’, मन्त्रालय, विभाग वा सिधै कार्यालयमा दर्ता भएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीबाट उचित व्यवहार नपाएको तथा न्याय प्रदान गर्न ढिलाइ भएको भन्दै श्रममन्त्रीसमक्ष गुनासो पुगेपछि विभागले यस्तो कडाइ गरेको जनाएको छ।
निर्देशनमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, कुनै विषय सम्बन्धित कार्यालयको क्षेत्राधिकारभित्र नपरेमा सेवाग्राहीलाई तत्काल जानकारी गराई सम्बन्धित निकायमा पठाउनुपर्ने, प्रतिष्ठानबाट श्रमिकका उजुरीमा समयमै प्रतिक्रिया लिनुपर्ने, श्रम कानुनअनुसार वार्ता गराई समाधान खोज्नुपर्ने तथा वार्ताबाट समाधान नभए कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले श्रम अदालत तथा कार्यालयबाट भएका आदेश र निर्णय समयमै कार्यान्वयन गर्न तथा ‘हेल्लो सरकार’ मार्फत प्राप्त गुनासोको सम्बोधनपछि त्यसको जानकारी पनि तत्काल गराउन निर्देशन दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x