मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

सुरुङ्गा–८ मा मलखाद वितरण विवाद: मेयर र वडा अध्यक्षबीच आरोप–प्रत्यारोप

Spread the love

मङ्गलबार ५ साउन २०७३
सप्तरी । सुरुङ्गा नगरपालिका–८ मा रासायनिक मलखाद वितरणको विषयलाई लिएर नगर प्रमुख गीता चौधरी र वडा नं. ८ का अध्यक्ष श्याम प्रसाद साहबीच आरोप–प्रत्यारोप सार्वजनिक भएको छ।
नगर प्रमुख गीता चौधरीले सामाजिक सञ्जालमार्फत वडा नं. ८ मा मात्रै मलखादको विषयमा अनावश्यक विवाद भइरहेको दाबी गर्दै लेखेकी छन्, “अन्य वडामा मलखादको कहिल्यै हल्ला सुनिँदैन। मेरो बालेन सरकारको वडा अध्यक्ष आदरणीय श्री श्याम प्रसाद साहको गाउँमा मात्रै हल्ला हुन्छ। मेयर–उपमेयरको नाम नलिई मलखाद पच्दैन कि के हो?”
यता वडा अध्यक्ष श्याम प्रसाद साहले भने नगर प्रमुखले आफ्ना निकट व्यक्तिलाई फोन गरेर बोराका बोरा मलखाद वितरण गरेको आरोप लगाएका छन्। उनले अन्य वडामा वडा अध्यक्षलाई कुपन उपलब्ध गराइ वितरण सहज बनाइएको भए पनि वडा नं. ८ मा भने फरक व्यवहार गरिएको दाबी गरेका छन्।
साहका अनुसार वडा नं. ८ बाट प्राप्त मलखाद नगर प्रमुख र उपप्रमुखलाई सामूहिक निर्णयका आधारमा बुझाइएको थियो र करिब एक वर्षदेखि वितरण हुँदै आएको थियो। अहिले वितरण रोक्नुको कारण स्पष्ट नभएको उनको भनाइ छ। साथै, उनले आफूलाई “बालेन सरकारको वडा अध्यक्ष” भनेर टिप्पणी गरिएको विषयमा पनि आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्थाको उपहास भएको बताएका छन्।
यसैबीच सामाजिक सञ्जालमा भाइरल बनेको एउटा तस्वीरलाई चुनावी प्रचार–प्रसारको समयमा खिचिएको भनेर गरिएको दाबीप्रति पनि स्पष्टीकरण दिइएको छ। सम्बन्धित पक्षले उक्त तस्वीर चुनाव प्रचारको बेला नभई सरकार गठन भइसकेपछि खिचिएको भन्दै त्यसलाई चुनावी गतिविधिसँग जोडिएको दाबी असत्य रहेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x