काठमाडौंमा डुबानको जोखिम बढ्यो, नदीकिनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

शनिबार २ साउन २०८३
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनोद पराजुलीका अनुसार आज राति र भोलि काठमाडौं उपत्यकामा वर्षासँगै नदी तथा खोलाको जलसतह बढ्ने सम्भावना रहेकाले नदीकिनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी होचा स्थान, नदी तथा खोला किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकले आवश्यक सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ।
देशभर मनसुन सक्रिय रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको भन्दै मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्दै सुरक्षित रहन पनि आग्रह गरिएको छ।
स्रोत: रासस
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE