आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दै, वार्षिक प्रतिवेदन र ३ वटा विधेयक पेस हुने

Spread the love

काठमाडौं, २४ असार २०८३ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक बिहान १ बजेका लागि तय गरिएको हो ।

आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

पेस हुने प्रतिवेदन र विधेयक
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुई वटा वार्षिक प्रतिवेदन बैठकमा पेस गर्नेछिन् ।

उनले `महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२` र `अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२` सदनमा प्रस्तुत गर्नेछिन् ।

व्यवस्थापन कार्यअन्तर्गत मन्त्री गौतमले `राष्ट्रिय सेवा दल विधेयक, २०८३` प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेस गर्नेछिन् । प्रस्ताव स्वीकृत भएपछि उक्त विधेयक सदनमा प्रस्तुत गरिनेछ ।

त्यस्तै बैठकमा `नेपाल विशेष सेवा ऐन, २०४२` को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

समितिमा पठाइने २ विधेयक
बैठकको कार्यसूचीमा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावहरू पनि छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले `नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३` लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको `पर्यटन विधेयक, २०८२` लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x