आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण, दुई पक्राउ

Spread the love

चितवन/  चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आज कार्यकक्षमै आक्रमण भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आक्रमणमा संलग्न दुवै जनालाई धादिङको गजुरीबाट सवारीसाधनसहित पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि चितवन ल्याइँदै छ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार आज बिहान केही व्यक्ति कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा कुटपिट गरेका थिए।

घटनामा घाइते भएका बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै कार्यालयको कामकाज बन्द गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x