दोस्रो पटक गृहमन्त्री बनेपछि गुरुङद्वारा कालभैरव दर्शन

काठमाडौं, जेठ २८ — दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका गृहमन्त्री सुधन गुरुङ ले कालभैरवको दर्शन गरेका छन्।
बुधबार साँझ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव मन्दिर पुगेर गृहमन्त्री गुरुङले पूजा–अर्चना गर्दै दर्शन गरेका हुन्। सो अवसरमा उनले प्रसादसमेत ग्रहण गरेका थिए।
सम्पत्ति विवरण सम्बन्धी विषयलाई लिएर यसअघि गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङ मङ्गलबार पुनः गृहमन्त्रीमा नियुक्त भएका थिए। पुनर्नियुक्तिपछि उनले कालभैरवको दर्शन गरी आफ्नो कार्यकालको सुरुआत गरेका हुन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE