बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

सरकार ढाल्ने खेलमा नरहेको रास्वपा, अस्थिरताको पक्षमा छैनौँ : रवि लामिछाने

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं । रवि लामिछानेले वर्तमान सरकार तत्काल नढल्ने र आफ्नो पार्टी राजनीतिक अस्थिरताको पक्षमा नरहेको बताएका छन्।
पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सम्भावित सत्ता समीकरण तथा प्रधानमन्त्री बन्ने चर्चाबारे प्रश्न गरेका थिए।
जवाफमा उनले निर्वाचनअघि पार्टीले सार्वजनिक गरेका प्रतिबद्धता र नीतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी दृढ रहेको बताए। उनले पार्टीले बोलेका र लिखित रूपमा सार्वजनिक गरेका विषयहरूमा अडिग रहने स्पष्ट पारे।
भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक वृत्तबाट भइरहेका टिप्पणी र आशंकाप्रति संकेत गर्दै लामिछानेले अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरे। रास्वपा सरकार गिराउने वा राजनीतिक अस्थिरता निम्त्याउने गतिविधिमा संलग्न नरहेको उनको भनाइ थियो।
“हामी अस्थिरताको पक्षमा छैनौँ। जहाँ सुधार आवश्यक छ, त्यहाँ सुधारका लागि पहल गर्छौँ। सामान्य विषयलाई पनि ठूलो राजनीतिक संकटका रूपमा प्रस्तुत गरेर अनावश्यक हल्ला फैलाउन आवश्यक छैन,” उनले भने।
लामिछानेको भनाइले रास्वपा तत्काल सत्ता परिवर्तनको खेलमा नभई सुधार र नीतिगत हस्तक्षेपमार्फत राजनीतिक भूमिका निर्वाह गर्ने रणनीतिमा रहेको संकेत गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x