बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा आज २६ हजार ६८० विद्यार्थी सहभागी हुँदै

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

आइतबार १७ जेठ २०८३
काठमाडौ / काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि आज छात्रवृत्ति परीक्षा सञ्चालन गर्दैछ। बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुनेछन्।
महानगरपालिकाले परीक्षाका लागि ८३ वटा परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ। कक्षा ११ र १२ मा अध्ययनका लागि निजी विद्यालयमा छात्रवृत्ति सिफारिस गर्ने उद्देश्यले सञ्चालन हुने परीक्षामा सहभागी हुन २६ हजार ६८० जना परीक्षार्थी योग्य ठहरिएका छन्।
महानगरका अनुसार आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको थियो। शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले योग्य परीक्षार्थीहरू आजको परीक्षामा सहभागी हुने जानकारी दिए।
परीक्षार्थीले आवेदन दिएको प्रणालीबाट प्राप्त प्रवेशपत्र प्रिन्ट गरेर परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ। प्रवेशपत्र रंगीन हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रवेशपत्रसँगै एसईई प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकताको प्रमाणपत्रमध्ये कुनै एक फोटोसहितको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने महानगरले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णयमार्फत महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने निजी विद्यालयमा छात्रवृत्ति प्रदान गर्न प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ। महानगरका अनुसार यो कार्यक्रमबाट हालसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्ष सञ्चालन गरिएको छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १० हजार ८६७ जना उत्तीर्ण भएका थिए भने करिब ४ हजार ५ सय विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए।
यो छात्रवृत्ति प्रणाली वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर रहेका बेला विकास गरिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x