शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सिन्धुपाल्चोक–१ मा चुनावी प्रतिस्पर्धा रोचक, रास्वपाका भरत पराजुली घरदैलोमा सक्रिय

  • 84
  •  
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares

शुक्रबार ८ फागुन २०८२
एन्टिना घनश्याम, सिन्धुपाल्चोक।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। दशकौँदेखि नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिँदै आएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत प्रसाद पराजुलीले टिकट पाएसँगै चुनावी गतिविधि तीव्र बनाएका छन्।
स्थापित दलका अनुभवी उम्मेदवारहरूलाई चुनौती दिँदै नयाँ एजेण्डासहित मैदानमा उत्रिएका पराजुली यतिबेला क्षेत्र नं. १ का विभिन्न पालिका र वडामा निरन्तर घरदैलो अभियानमा जुटिरहेका छन्।
हिजो उनले नौबिसे, कल्लेरीज, डाँडागाउँ, बदर्पा, माङ्खा हुँदै जोगीडाँडाका मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। आज भने जलबिरे, ढाडे, कुनेगाउँ, सेलाङ, भोटेसलाङ, किप्छे, गोल्छे र कार्तिके लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
जुगल गाउँपालिका प्रवेशका क्रममा ढाडे बजारमा स्थानीयवासीहरूले उनलाई पञ्चेबाजा बजाउँदै खादा र मालासहित स्वागत गरेका थिए।
यस क्षेत्रका कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र नेतृत्वप्रति असन्तुष्ट केही कार्यकर्ताहरू यसपटक ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न उत्साहित देखिएको स्थानीय स्तरमा चर्चा छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x