शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

गर्मी बढेपछि कञ्चनपुरका केही पालिकामा विद्यालय बन्द, तीन दिन बिदा

Spread the love

कञ्चनपुर – अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै गर्मी बिदाबाट कट्टा हुनेगरी बिदा दिने निर्णय भएको हो।

भीमदत्त नगरपालिकाले जेठ १ देखि १३ गतेसम्म नगरभित्रका सबै संस्थागत र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने भएकाले बिदा दिइएको हो।

कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि सबै विद्यालय बन्द गरेको छ। नगर प्रमुख हेमराज ओझाले पठनपाठन प्रभावित हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर बिदा गरिएको बताए।

शुक्लाफाँटा नगरपालिकाले भने मौसमको अवस्थालाई निगरानी गर्दै छलफलपछि बिदाबारे निर्णय गर्ने जनाएको छ। शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार अवस्थालाई निरन्तर अनुगमनमा राखिएको छ।

गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने र पढाइमा ध्यान नजाने समस्या देखिएको शिक्षकहरूले बताएका छन्। धेरै विद्यालयका कक्षाकोठामा पङ्खा नभएको र टिनको छाना भएका कोठामा बस्नै नसक्ने अवस्था रहेको उनीहरूको गुनासो छ।

हाल कञ्चनपुर र कैलालीमा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x