नयाँ सामान खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

शुक्रबार १ जेठ २०८३
काठमाडौं । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय तथा प्रदेश सरकारहरूलाई परिपत्र जारी गर्दै अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको हो।
कार्यालयले मौजुदा औजार, उपकरण, फर्निचर तथा सवारीसाधनलाई सकेसम्म चालु अवस्थामा राखेर प्रयोग गर्न आग्रह गरेको छ। साथै अनावश्यक खरिद रोक्दै सार्वजनिक खर्च जोगाउन जोड दिइएको छ।
निर्देशनअनुसार अत्यावश्यक अवस्था बाहेक नयाँ फर्निचर, उपकरण तथा सवारीसाधन खरिद नगरी हाल उपलब्ध सामग्रीको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
सरकारले आर्थिक अनुशासन कायम गर्ने, खर्च कटौती गर्ने तथा सीमित स्रोतको प्रभावकारी उपयोग गर्ने उद्देश्यले यस्तो कदम अघि बढाएको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE