सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मौलापुरमा एसइइ परिक्षामा ९० प्रतिशत भन्दा बढी उतीर्ण

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

 

रौतहट, ३० वैशाख ।
माध्यमिक शिक्षा परिषद (एसइइ) परिक्षामा रौतहटको मौलापुर नगरपालिकाको सामुदायिक विद्यालयहरुको नतिजा ९०.२३ प्रतिशत आएको छ । नेपालभरीमा एसइइ परिक्षामा ६५. ९८ प्रतिशत विद्यार्थी उतीर्ण हुँदै गर्दा मौलापुरको नतिजा ऐतिहासिक रहेको छ ।

मौलापुरमा ६ वटा माध्यमिक विद्यालय रहेका छन् । चार सय २० विद्यार्थी एसइइ परिक्षामा सहभागि भएकोमा तीन सय ७९ विद्यार्थी उतिर्ण रहेका छन् । ति मध्ये पाँच जना विद्यार्थी परिक्षामा अनुपस्थित रहेको मौलापुर नगरपालिका शिक्षा शाखा प्रमुख धर्मेन्द्र कुमार साहले जनाएका छन् ।

श्री जनता मावि सोनरनिया, श्री मावि पथराबुधराम, श्री लक्ष्मीनिया मावि मौलापुर, श्री मावि गम्हरिया, श्री मावि मर्यादपुर र श्री जवाहर साह मावि पतौराबाट चार सय २० जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । २१ जनाले ए प्लस, १७४ जनाले ए, १४६ जनाले बी प्लस, ३६ जनाले बी र २ जना विद्यार्थीले सी प्लस ल्याएर उतीर्ण भएका छन् ।

‘नेपालभर एसइइ परीक्षा उत्तीर्ण प्रतिशत ६५.९८% रहँदा मौलापुर नगरपालिकाले गौरवपूर्ण ९०.२३% सफलता हासिल गर्नु आफैंमा ऐतिहासिक उपलब्धि हो । मौलापुर नगरपालिकाले कुल बजेटको शिक्षा क्षेत्रमा ४० प्रतिशत भन्दा बढी बजेट बिनियोजन गर्दै आएको छ । देशका अन्य नगरपालिकामा नगर प्रहरी छ भने मौलापुरमा नगर शिक्षक, नगर डाक्टर छ । त्यसैको परिणाम स्वरुप मौलाप्ुरले परिक्षामा समेत राम्रो परिणाम ल्याउदै आएको छ,’ साहले भने ।

१५० भन्दा बढी आधुनिक कक्षाकोठा निर्माण, प्रविधिमैत्री शिक्षाको विस्तार, नगरकै बजेटबाट सयौं नगर शिक्षक व्यवस्थापन गर्दै शिक्षामा आमूल परिवर्तन ल्याउन सफल मौलापुर नगरपालिकाका मेयर एवं शिक्षाप्रेमी रिना साहलाई स्थानीयले धन्यवाद व्यक्त गरेका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, महिला शसक्तिकरण लगायतका क्षेत्रमा महत्वपूर्ण योजना सहित कार्यान्वयन गर्दै सफल मेयर रिना साह विभिन्न संस्थाबाट सम्मानित समेत भएकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x