सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

एप्पल शिड्स स्कुल छोटो समयमै अभिभावक र विद्यार्थीको रोजाइमा

  • 689
  •  
  •  
  •  
  •  
  •  
  •  
    689
    Shares

मंगलबार २९ बैशाख २०८३

अन्टिना घनश्याम

काठमाडौं  /  एप्पल शिड्स स्कुल छोटो समयमै सयौं अभिभावक तथा विद्यार्थीको मन जित्न सफल भएको छ। गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित विद्यालय बालमैत्री तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक टि. एम श्रेष्ठ का अनुसार विद्यालय स्थापना भएको सात वर्ष पूरा भइसकेको छ। यस अवधिमा विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिएको उहाँले बताउनुभयो। विद्यालयकी कोअर्डिनेटर एसरिता गुरुङ ले हाल कक्षा ५ सम्म करिब १२० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयमा किताबी शिक्षासँगै तेक्वान्दो, बास्केटबल, फुटसल, संगीत, नृत्य, ड्रामा तथा कला सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिन्छ। विद्यालयमा कम्प्युटर ल्याब, पुस्तकालय, अडियो–भिडियो स्मार्ट कक्षा र पर्याप्त खेलमैदानजस्ता सुविधा उपलब्ध छन्। गुणस्तरीय शिक्षासँगै अतिरिक्त गतिविधिमा जोड दिएकै कारण यो विद्यालय क्षेत्रकै नमुना विद्यालयका रूपमा परिचित बन्दै गएको स्थानीय अभिभावकहरूको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x