सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

काठमाडौंमा बिहानैदेखि वर्षा, केही ठाउँमा अझै भारी वर्षाको सम्भावना

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

मंगलबार २९ बैशाख २०८३
काठमाडौं / राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्छ। बाँकी पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने बताइएको छ।
तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मौसम बदली रहने तथा वर्षा जारी रहने सम्भावना विभागले जनाएको छ।
मौसमविद् विनोद पोखरेल का अनुसार आज रातिदेखि देशभर वर्षा हुने सम्भावना उच्च रहेको छ। उनका अनुसार वर्षा धेरै लामो समय नटिक्ने देखिए पनि केही स्थानमा भारी वर्षाको जोखिम अझै कायम छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x