सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

एक बोतल दारु दुई बोतल दारु’ बोलको भिडियो सार्वजनिक (भिडियो सहित)

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

 

सोमबार, १४ बैशाख २०८३

झुम्का सुनसरी  / एक बोतल दारु दुई बोतल दारु’ बोलको नयाँ गीतको भिडियो आज सार्वजनिक गरिएको छ। झुम्कास्थित म्याजिक सिनेमा हलमा आयोजित विशेष कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा थारु समुदायका महानायक पर्शुराम चौधरीको उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। गीतमा प्रवलदिप बिश्वासको रचना तथा स्वर रहेको छ भने गायिका नितु चौधरीले साथ दिएकी छन्। भिडियोको सम्पादन तथा निर्देशन कार्तिक राजवंशीले गरेका हुन्। भिडियोमा कलाकारहरूले प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्। स्वर्गीय गायक तथा संगीतकार राम धामीको सम्झनामा उक्त भिडियो सार्वजनिक गरिएको जनाइएको छ। भिडियो प्रवलदिप बिश्वासको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x