सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कांग्रेसका दुई महत्वपूर्ण बैठक आज

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

सोमबार १४ बैशाख २०८३
काठमाडौं । नेपाली कांग्रेस को कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको बैठक आज (वैशाख १४) बस्दै छन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति लगायत विविध विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, दिउँसो २ बजेका लागि केन्द्रीय अनुशासन समितिको बैठक पनि सानेपामै बोलाइएको छ। समितिका सचिव दिनेश थापामगर ले पछिल्लो समय स्पष्टीकरण मागिएका नेताहरूका कागजात तथा सम्बन्धित विषयमा छलफल हुने जानकारी दिए।
अनुशासन समितिका सभापति तारामान गुरुङ का अनुसार पूर्वउपसभापति पूर्णबहादुर खड्का सँग सम्बन्धित स्पष्टीकरणका पत्रहरू कार्यसम्पादन समितिमा बुझाइसकिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x