शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सुकुम्बासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले स्थानान्तरण गरिन्छ: प्रधानमन्त्री बालेन्द्र शाह

Spread the love

काठमाडौं, बैशाख ११
प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल Facebook मार्फत सार्वजनिक धारणा राख्दै उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने र ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरे।
उनले यो समस्या वर्षौंदेखि कायम रहे पनि अब दीर्घकालीन समाधानतर्फ अघि बढ्ने समय आएको बताएका छन्। खोला किनारका बस्तीका कारण डुबानको जोखिम बढ्नुका साथै ढल निकास प्रणालीमा अवरोध सिर्जना भई उपत्यकाको वातावरणीय अवस्था थप जटिल बनेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायतका उच्च जोखिम क्षेत्रमा रहेका बस्तीहरूलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिनेछ। “कुनै पनि अवस्थामा बल प्रयोग हुँदैन, मानवीय दृष्टिकोणबाट व्यवस्थापन गरिन्छ,” उनले स्पष्ट पारे।
उनले आफ्नो चुनावी प्रतिबद्धता तथा सरकारका प्राथमिकताअनुसार सुकुम्बासी व्यवस्थापनलाई अघि बढाइने बताउँदै वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर समाधान गरिने जानकारी दिए।
साथै, देशभरका वास्तविक सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको पनि उनले उल्लेख गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x