टाइम म्यागजिनको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

बिहीबार ३ बैशाख २०८३
काठमाडौं। विश्वप्रसिद्ध पत्रिका टाइम म्यागजिन ले सार्वजनिक गरेको ‘टाइम १००’ प्रभावशाली व्यक्तिहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समावेश भएका छन्।
बुधबार सार्वजनिक गरिएको उक्त सूचीमा शाहलाई युवा आन्दोलनको जगमा उदाउँदै परम्परागत नेतृत्वलाई चुनौती दिँदै सत्तामा पुग्न सफल नेताका रूपमा उल्लेख गरिएको छ। काठमाडौं महानगरपालिकाको मेयरदेखि राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रालाई टाइम म्यागजिनले विशेष रूपमा प्रस्तुत गरेको छ।
टाइम म्यागजिनले सामाजिक सञ्जालमा उनले व्यक्त गरेको भनाइ— “पुराना र नयाँ सबै नेता चोर हुन्”—लाई उद्धृत गर्दै अहिले नेपालीहरू उनीबाट उक्त अभिव्यक्तिलाई व्यवहारमै गलत सावित हुने अपेक्षामा रहेको टिप्पणी गरेको छ।
टाइम म्यागजिनले हरेक वर्ष राजनीति, समाज, कला, विज्ञान लगायत विभिन्न क्षेत्रमा प्रभाव पार्ने व्यक्तित्वहरूको ‘टाइम १००’ सूची सार्वजनिक गर्दै आएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE