कांग्रेसको ‘जरा अभियान’ सुरु, सभापति गगन थापाद्वारा सदस्यता अद्यावधिक

मङ्गलबार १ बैशाख २०८३
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने उद्देश्यसहित देशव्यापी ‘जरा अभियान’ सुरु गरेको छ। पार्टीका सभापति गगन थापा ले काठमाडौं महानगरपालिका–३० मा आफ्नै सदस्यता अद्यावधिक गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका हुन्।
पार्टीका अनुसार ‘जरा अभियान’ मार्फत संगठनलाई पुनर्गठित, व्यवस्थित र सुदृढ बनाउने लक्ष्य लिइएको छ। सभापति थापाले अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने जानकारी दिएका छन्।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। साथै, सदस्यता अद्यावधिकका लागि सम्बन्धित सदस्य स्वयं आफ्नो वडामा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
पार्टी नेतृत्वका अनुसार विगतमा अरू व्यक्तिमार्फत सदस्यता नवीकरण हुने प्रवृत्तिका कारण सदस्यहरूमा सक्रियता र जिम्मेवारीको कमी देखिएको थियो। सो प्रवृत्ति अन्त्य गर्न व्यक्तिगत उपस्थितिलाई अनिवार्य बनाइएको जनाइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE