शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

वैशाख ४ मा कांग्रेसले संसदीय दलको नेता चयन गर्ने

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं, २९ चैत ।
नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ।
सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले २ वैशाखमा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र ४ वैशाखमा मतदान गर्ने निर्णय गरेको हो। सहमति जुट्न नसके प्रतिस्पर्धाका आधारमा नेता चयन गरिने तयारी गरिएको छ।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा हेरिएका छन्। त्यस्तै मोहन आचार्य, भरत खड्का र निस्कल राईको नाम पनि चर्चामा छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये नेपाली कांग्रेसले मात्रै अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x