एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपामा प्रवेश

रौतहट, २९ चैत ।
रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।
देवाहीगोनाहीमा आयोजित एक कार्यक्रममा मेयर साहसहित वडा नम्बर ४ का अध्यक्ष रामप्रवेश पटेल र वडा नम्बर ९ का अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरू पनि आजपामा प्रवेश गरेका हुन्।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष साहले देश, जनता तथा स्थानीय स्तरका समस्यालाई समाधान गर्ने उद्देश्यले पार्टी विस्तार अभियानलाई तीव्र बनाइएको बताए।
उनी हाल विभिन्न गाउँ–गाउँमा भेटघाट गर्दै जनताका समस्या सुन्दै र समाधानका उपायबारे छलफल गर्दै अघि बढिरहेका छन्। सोही क्रममा देवाहीगोनाहीमा पनि कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE