सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं, चैत २०, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन (चैत १९) मा पनि सोही मूल्यमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले वृद्धि भई ४ हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुन स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE