शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

एमालेद्वारा आकस्मिक सचिवालय बैठक आह्वान

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

​बिहीबार १९ चैत २०८२

काठमाडौँ / नेकपा (एमाले) ले भोलि २० चैतका लागि पार्टीको आकस्मिक सचिवालय बैठक आह्वान गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो।

प्रतिनिधि सभाको आजको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले व्यक्त गर्नुभएको विचारप्रति उपाध्यक्ष पौडेलले सार्वजनिक रूपमै असन्तुष्टि जनाउनुभएको छ। थापाले एमाले संसदीय दलको नेताको हैसियतमा दिनुभएको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको पौडेलको जिकिर छ।

“प्रतिनिधि सभाको आजको बैठकमा माननीय रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस सम्बन्धमा भोलि आयोजना गरिएको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,” पौडेलले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ।

​भोलिको बैठकले थापाको सम्बोधन र पार्टीको आगामी रणनीतिबारे ठोस निर्णय लिने अनुमान गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x