सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

काठमाडौंका तत्कालीन सीडीओ रिजाल हाजिरी जमानीमा रिहा

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं, चैत १७ — काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई हाजिरी जमानीमा रिहा गरिएको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा दमन गरेको आरोप लाग्दै आएको छ। उक्त घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले समेत रिजाललाई कारबाही गर्न सिफारिस गरेको थियो।
प्रहरीका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो।
यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x