रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, संसदीय दलको नेता बन्दै बालेन

काठमाडौं, चैत १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। फागुन २१ को निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै सरकार गठनको तयारीमा रहेको रास्वपाले चैत १२ गते अपराह्न ४ बजे बस्ने गरी बैठक तय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य कार्यसूची रहेको जनाइएको छ। सोही दिन संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रमसमेत राखेको छ।
निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाह लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरिएको थियो। पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा रवि लामिछाने, डीपी अर्याल र बालेन शाहबीच सहमति जुटेको बताइएको छ।
रास्वपाको विधानमा संसदीय दलको नेता चयनसम्बन्धी प्रावधान भए पनि बैठकमार्फत आवश्यक परिमार्जन गर्दै मतदानबिनै बालेन शाहलाई संसदीय दलको नेता घोषणा गर्ने तयारी रहेको बुझिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE