एलिजा गौतमद्धारा काठमाडौंमा आजपा उम्मेदवार खगेश रञ्जितकारको सम्पर्क कार्यालय उदघाटन

काठमाडौं, ११ फागुन
आम जनता पार्टी (आजपा) का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितकारले घरदैलो, भेटघाट तथा छलफललाई तिब्रता दिएका छन् । उनले आज काठमाडौंको मजिपातमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
आजपा उपाध्यक्ष एवं समानुपातिक तर्फका उम्मेदवार एलिजा गौतम सहितका नेताहरुले कार्यालयको उदघाटन गरेका छन् । कार्यालय उदघाटन गर्दै उपाध्यक्ष गौतमले प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मत पत्रमा मोबाइल छापमा मतदान गर्न सबैमा अपिल गरेकी छन् ।
सो अवसरमा आजपा नेतृ गौतम सहित काठमाडौं–८ का उम्मेदवार रञ्जितकार, समानुपातिक उम्मेदवार नमराज ढुङ्गाना, योङ्ग स्टार स्पोट्र्स क्लबका पूर्व अध्यक्ष रमेश प्रधान, सल्लाहकार साधना श्रेष्ठ रन्जित, स्थानीय व्यक्तित्व तथा ब्यूटी पेजेन्टका मोडलहरू लगायतले कुमारी घरस्थित जीवित देवी श्री कुमारीको पूजा गरी आशीर्वाद ग्रहण समेत गरे । त्यसपछि मजिपातमा श्री लाखेआजुको समेत पूजा सम्पन्न गरिएको थियो ।
कार्यालय स्थापनाले काठमाडौं–८ मा पार्टीको संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा थप ऊर्जा प्रदान गर्ने विश्वास उम्मेदवार रञ्जिताकारले व्यक्त गरे । सो अवसरमा उनले काठमाडौं मुलुकको संघीय राजधानी भएकाले यसलाई सबै नेपालीको राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पौराणिक र प्ररम्परागत कार्यहरुको निरन्तरता र प्रवद्र्धन गर्ने । घरेलु उत्पादनलाई कानुनी मान्यता र प्रभावकारी प्रोत्साहन सहित कर प्रणालीमा सुधार गर्दै करको दर न्यूनीकरण, कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड गर्ने । निशुल्क शिक्षा र स्वास्थय सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,’ काठमाडौं–८ का उम्मेदवार रञ्जितले भने ।
पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु काठमाडौंबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको रञ्जिले बताए ।
काठमाडौंको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE