सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

काठमाडौं क्षेत्र नं. २ मा तिलक बहादुर मगरको प्रतिबद्धता सार्वजनिक, ‘मोबाइल’ चुनाव चिह्नमा मत माग्दै

  • 255
  •  
  •  
  •  
  •  
  •  
  •  
    255
    Shares

सोमबार ४ फागुन २०८२
काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका तिलक बहादुर मगरले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले ‘मोबाइल’ चुनाव चिह्नमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।
मगरले क्षेत्रको विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारेको उल्लेख गर्दै स्थानीय तहले लगाएको कर घटाउने, खानेपानी र बिजुली निःशुल्क उपलब्ध गराउने तथा प्राविधिक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। साथै शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउने, विद्यालयको पूर्वाधार सुधार गर्ने र सडक पूर्वाधार विकासलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेका छन्।
उनले मनोहरा र साली नदीलगायतका नदीमा दिगो तटबन्ध निर्माण, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा र व्यवस्थित आवासको व्यवस्था गर्ने, ‘१ वडा १ उद्योग’ कार्यक्रम लागू गर्ने तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्ने घोषणा गरेका छन्। आधुनिक कृषि उद्योग प्रवर्द्धन, दोस्रो रिङरोड निर्माणलाई अगाडि बढाउने तथा एमसीसी अन्तर्गतको एमसीए नेपाल परियोजनाबाट प्रभावित जनतालाई न्यायोचित क्षतिपूर्ति दिलाउने पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
त्यसैगरी ‘१ वडा १ अस्पताल’ अवधारणा कार्यान्वयन, सहकारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउने, सहकारी ठगीमा संलग्नलाई कारबाही गर्ने र फिरौती प्रथा अन्त्य गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्। पिछडिएको जाति, भाषा र धर्मको संरक्षण तथा संवर्द्धनमा जोड दिने उनको भनाइ छ।
व्यवस्था सुधारतर्फ दलाल तन्त्रको अन्त्य, संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकारको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनप्रतिनिधिलाई फिर्ता बोलाउने (राइट टु रिकल) व्यवस्था र स्थानीय तहको बजेट तथा अधिकार वृद्धि गर्ने एजेन्डा पनि मगरले अघि सारेका छन्।
मतदातालाई सम्बोधन गर्दै उनले मोबाइल चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x