टी–२० विश्वकप : आज अमेरिका–पाकिस्तानसहित तीन खेल हुँदै

काठमाडौं / आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत आज (मंगलबार) तीन वटा रोमाञ्चक खेलहरू हुँदैछन्।
समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा स्कट एडवर्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्स र गेरहार्ड इरास्मसको कप्तानीमा रहेको नामिबियाबीच दिल्लीस्थित अरुण जेटली स्टेडियममा प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
त्यसपछि समूह ‘डी’ को खेलमा मिचेल सेन्टनरको कप्तानीमा रहेको न्यूजिल्यान्डले मुहम्मद वासिमको कप्तानीमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) सँग चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दिउँसो ३ः१५ बजे खेल्नेछ।
त्यस्तै, समूह ‘ए’ को अर्को खेलमा सलमान अली आगाको कप्तानीमा रहेको पाकिस्तान र मोनांक पटेलको कप्तानीमा रहेको अमेरिकाबीच कोलम्बोको सिंहली स्पोर्ट्स क्लबमा साँझ ७ः१५ बजे प्रतिस्पर्धा हुने तालिका रहेको छ।
आजका खेलहरूमा स्थापित टोली र उदीयमान टोलीबीचको भिडन्त हुने भएकाले क्रिकेटप्रेमीका लागि दिन निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE