सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सप्तरी -१ मा ‘घण्टि’ चुनाव चिन्हसहित परिवर्तनको यात्रामा पुष्पा चौधरी 

  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

आइतबार १८ माघ २०८२
सप्तरी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार पुष्पा चौधरी थारुले परिवर्तनको एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाएकी छन्। मनोनयन दर्तापछि देखिएको जनसमर्थन, उत्साह र सहभागिताले क्षेत्र नं. १ परिवर्तनका लागि तयार रहेको स्पष्ट सन्देश दिएको छ।
महिलाको समानताबारे चर्चा धेरै भए पनि व्यवहारमा अझै महिलाहरू राजनीति, अर्थतन्त्र र निर्णय प्रक्रियामा पछाडि रहेको उल्लेख गर्दै चौधरीले संरचनागत असमानता र अधिकारका चुनौतीहरू अझै विद्यमान रहेको बताइन्। उनले सामाजिक समावेशीकरण (Social Inclusion) पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब वास्तविक परिवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।
“अझै संघर्ष आवश्यक छ, र यो संघर्ष निरन्तर जारी रहन्छ। हामी यही मार्गमा प्रतिबद्ध छौँ,” उनले भनिन्। मनोनयनका क्रममा जनताले देखाएको अभूतपूर्व माया र उत्साहले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले सप्तरी–१ का जनताको आशा र भरोसालाई कहिल्यै निराश नबनाउने प्रतिबद्धता जनाइन्।
चुनावी अभियानको क्रममा महिलाहरू, युवाहरू र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ। ‘यात्रा सुरु भयो’ भन्ने सन्देशसहित सुरु गरिएको अभियानले युवाको सोच र राष्ट्रको दिशालाई प्रतिनिधित्व गर्ने उनको दाबी छ। चौधरीले “साफ नेतृत्व, बलियो भरोसा” नै आफ्नो मूल आधार रहेको बताउँदै वर्तमानको आवाजलाई भोलिको आशामा रूपान्तरण गर्ने लक्ष्य राखेको उल्लेख गरिन्।
उनले आफ्नो चुनाव चिन्ह ‘घण्टि’ लाई केवल एउटा चुनाव चिन्ह मात्र नभई सचेत नागरिकको आवाजको प्रतीकका रूपमा व्याख्या गरिन्। “घण्टि भ्रष्टाचारविरुद्धको चेतावनी हो, यो युवाको भविष्य, किसानको पसिना र गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा आमनागरिकको सम्मानको प्रतीक हो,” उनले भनिन्।
“हामी सत्ता होइन, सेवा चाहन्छौँ। हामी भाषण होइन, कर्तव्य गर्न चाहन्छौँ,” भन्दै चौधरीले सही निर्णयले मात्र सही भविष्य निर्माण हुने विश्वास व्यक्त गरिन्।
सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी पुष्पा चौधरी थारुलाई स्थानीयवासीहरूले भरोसायोग्य विकल्पका रूपमा लिएका छन्। अभियानका क्रममा ‘अब कि बार बालेन सरकार’, ‘जय देश जय घण्टि’ जस्ता नाराहरू गुञ्जिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x