तातोपानी नाका खुलाउन विशेष पहल गर्ने भरत पराजुलीको प्रतिबद्धता

एन्टिना घनश्याम,
सिन्धुपाल्चोक / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतप्रसाद पराजुली यतिबेला भोट माग्दै नेपाल–चीन सीमा क्षेत्र तातोपानी–लिपिङ आइपुगेका छन्।
उम्मेदवार पराजुली भोटेकोसी गाउँपालिकामा अवस्थित नेपाल–चीन व्यापारिक नाका तातोपानी पुगेर त्यहाँका स्थानीय मतदातासँग भेटघाट तथा छलफलमा जुटेका हुन्। यस क्रममा उनले सञ्चारकर्मी तथा स्थानीयवासीहरूसँग कुराकानी गर्दै २०७२ सालदेखि अवरुद्ध रहेको तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता जनाए।
उनले नेपाल–चीनबीचको व्यापारलाई पहिलेझैं चलायमान बनाउँदै आयात–निर्यातलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रणसमेत गरे। तातोपानी नाका सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्र सुदृढ हुनुका साथै राष्ट्रिय व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने उनले बताए।
उम्मेदवार पराजुलीले सीमावर्ती क्षेत्रका समस्या संसद्मा सशक्त रूपमा उठाउने र जनताको विश्वासअनुसार काम गर्ने दृढता व्यक्त गरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE