शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

आलोचना पछि समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने रास्वपा 

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

बुधबार १६ पुस २०८२

काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगका पेश गरेको समानुपातिकतर्फको बन्दसूची सच्याउने भएको छ । बन्दसूचीमा समावेश भएको उम्मेदवारको बारेमा पार्टीभित्र आलोचना र असन्तुष्टि बढेपछि सच्याउने पक्षमा रास्वपा उभिएको हो ।

रास्वपाको सचिवालयले विज्ञप्ति जारी गर्दै समानुपातिक बन्द सूचीप्रति विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्य नजर राख्दै सूचीमा देखिएको त्रुटि सच्याउने प्रष्ट पारेको हो ।

‘बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा १७ पौष बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x