शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

मौसम पूर्वानुमान : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

बुधबार १६ पुष २०८२

काठमाडौं / पदेशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x